काठमाडौ । दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १६ रुपैया सम्म बढाएका थिए । लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएको थियो तर व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताइरहेका थिए । कृषि तथा पशुपंक्षी मन्त्रालयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी व्यवसायीबीच छलफल भएकोमा मूल्य समायोजनका लागि तत्काल अध्ययन गरिने र अहिले भएको मूल्यवृद्धि फिर्ता गर्ने सम्झौता भएको हो । सहमति अनुसार किसानको बढ्दो उत्पादन, मुद्रास्फीति, इन्धन, प्याकेजिङ, कर्मचारीको ज्याला, ब्याजदरमा भएको वृद्धि समेतलाई विचार गरी जति सक्दो छिटो दूधको मूल्य समायोजन गर्न विज्ञ टोली गठन हुनेछ । विद्यमान कानुनी व्यवस्थाले दूधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपछि व्यवसायीले भने ११ महिनामै मूल्य बढाएका हुन् । यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दूधको मूल्य तोकेको थियो तर, एक वर्ष नपुग्दै व्यवसायीले एकतर्फी रुपमा मूल्य बढाएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

