Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाले ल्यायो उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम

उमेश बि.क / नवलपरासी , २० पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम संचालनमा ल्याएको छ ।

गाउँपालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्‍याउनका लागि सुनौलो हजारदिन भित्रका सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत निरन्तर रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई विभिन्न सामाग्री उपलब्ध गराउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

सुत्केरी महिलासँग भेटघाट कार्यक्रम अन्तर्गत महिलालाई अण्डा , साबुन र तेल उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चाैधरीले बताइन् ।

मंगलबार एक कार्यक्रम बिच प्रतापपुर वडा नम्बर ७ मा ५० जना सुत्केरी महिलालाई कोसेली स्वरुप अण्डा , साबुन र तेल उपलब्ध गराइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित