Rashtriya Dainik

महेशपुर नाकाबाट भारतीय पर्यटक भित्रिने क्रम बढ्दो

जितेन्द्र गुप्ता / नवलपरासी , २० पुस

पश्चिम नवलपरासीको महेशपुर नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ ।

छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट नेपाल अवलोकनका लागि महेशपुर भन्सार कार्यालय हुँदै नेपाल भित्रिने पर्यटकहरुको संख्या बढ्न थालेको महेशपुरका स्थानीय बिनाेद निगमले बताउनु भएको छ।

निगमका अनुसार छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट दैनिक दुई सय भन्दा बढी भारतीय पर्यटकहरुले नेपाल अवलोकन गर्न महेशपुर भन्सार कार्यालय प्रयोग गरेका छन् ।

नयाँ वर्षका दिन मात्र भारतबाट हजार भन्दा बढी सवारीमा भारतीय पर्यटकहरु नेपालको त्रिवेणी सिसमहल, दाउन्ने देवी मन्दिर, काठमाडौं पशपतिनाथ, पोखरा फेवाताल, चितवन राष्ट्रिय निकुन्ज, सिजीटेम्पल ,बुटवल फुलवारी, लुम्बिनी बौद्धस्थल लगायतका नेपालका विभिन्न स्थानमा अवलोकन गर्न आएका थिए ।

मंगलबार मात्र २ बढी कार र १ बढी भारतीय मोटरसाइकलबाट पर्यटकहरु नेपाल अवलोकन गर्न आएका महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित