तुलसीराम पौडेल / सियारी ,२० पौष
रुपन्देही स्थित सियारी गाउँपालिका वडा नम्बर – ५ सिद्दपुरमा जेष्ठ नागरीकलाई बलाङ्केट वितरण गरिएको छ। सियारी वडा कार्यालय -५ को आयोजनामा ७० बर्ष पुगेका वडा नम्बर -५ अन्तरगतका जेष्ठ नागरिकलाई एक कार्यक्रमका बीच बलाङ्केट वितरण गरिएको हो।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
सियारी गाउँपालिका वडा नम्बर -५ का १७५ जना ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको वडा नम्बर -५ का वडा सचीव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रम सियारी गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष धनपती खरेलको अध्यक्षता , सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, उपाध्यक्ष तारा चौधरीको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो।
वडा नम्बर ५ का महिला सदस्य अन्जु रोकाको स्वागत मन्तव्य ,वडा सचिव चिरञ्जीवी अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने ,वडा नम्बर ५ का पुर्व अध्यक्ष थम्मन बहादुर पौडेल ,वाड नम्बर ५ का वडा सदस्य सन्तोष शर्मा भुसाल ,टोल विकास तर्फबाट गोपाल ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

