कृष्णनगर,२० पुस
कपिलवस्तु जिल्लाबाट कराते प्रतियोगितामा भाग लिन भारतको आसाम जान लागेका खेलाडीहरूलाई मिर्जा राशिदले सफलताको शुभकामना सहित बिदाई गरेका छन् l
रामु सुनार नेतृत्वको टोली भारतको आसाममा कराते प्रतियोगितामा भाग लिन जाने क्रममा कृष्णनगरको लिंकगेट स्थितमा सहभागी हुन लागेका सम्पूर्ण खेलाडी हरूको मनोबल उच्च बनाउन खेलाडी हरूलाई खादामाला लगाई स सम्मान बिदाई गरिएको छ l
कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मी नगर बस्ने कपिलवस्तु ३(२) प्रदेश सभा सदस्य उमेदवार युवा हरूको मनको ढुकढुकी मिर्जा राशिद बेगले खेलाडीहरू देशको नाम उच्च पार्ने सिपाही रहेको बताउदै खेल ले व्यक्तिमा शारीरिक, मांसिक क्षमताको विकास गराई व्यक्तिमा सामुहिक भावनाको विकास समेत गराउने बताए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

