अारपि उपाध्याय / नवलपरासी , १९ पुस
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ७ पुर्वी नवलपरासीको आयोजनामा समितिका सल्लाहकार पुर्व वडा अध्यक्ष हिरालाल भट्टराईको निधन भएको १३ औं पुण्य तिथिका दिन श्रद्धाञ्जली समारोह त्रिवेणीको रानीनगरमा सम्पन्न भएको छ।
वडा कार्यसमितिको सभापति बिरेन्द्र कुमार महतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले सादा जीवन उच्च विचारका धनी स्वर्गीय भट्टराईको निधनले पार्टीले एक होनहार कार्यकर्ता गुमाएको धारणा राख्दै उहाँको निधनले त्रिवेणी क्षेत्रमा एक उज्यालो तारा अस्त भएको जिकिर गर्नुभयो।
श्रद्धाञ्जली समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य देवकर्ण कलवार (सन्तु) ले २०३६ सालदेखी राजनीति यात्रा प्रारम्भ गरेका भट्टराई कुशल संगठन कर्ता रहनु भएको विचार व्यक्त गर्नुभयो। श्रद्धाञ्जली समारोहमा नेपाली काङ्ग्रेस महासमिति सदस्य गणेशमान श्रेष्ठ,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य ओमकुमारी महतो लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।
शोकसभामा पार्टीका कार्यकर्ता, पुर्व जनप्रतिनिधि भातृ एवम् सुभेच्छुक संघसंस्थाका प्रतिनिधि एवम् परिवारजनको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालक नेपाल तरुण दलका अध्यक्ष विशाल सिंह भन्डारीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

