Rashtriya Dainik

आक्रोसित स्थानिहरुद्धारा लुम्विनी चिनिमिलको गेटमा तालावन्दी ।

नवलपरासी , १९ पुस

पश्चिम नवलपरासीकाे सुनवलका आक्रोशित स्थानियहरुले लुम्विनी चिनिमिलको गेटमा ताला लगाएका छन् ।

बर्षैं देखि कालो धुलोको सास्ती ब्यहोर्दै आएका स्थानियहरुले पटक पटक उद्योगबाट निस्कने कालो धुलो निराकरण गर्नेगरि उद्योग संचालन गर्ने सहमति गरेपनि उद्योगले सहमतिलाई वेवस्था गर्दै उद्योग संचालन गरेपछि आज स्थानियहरुले चिनिमिलको गेटमा ताला लगाएका छन् ।

यस पटक पनि उद्योगलाई वारम्वार कालो धुलो निराकरण हुने गरि चिनि उद्योग संचालन गर्न भने पनि उद्यागले स्थानियहरुको आग्रहलाई बेवस्था गर्दै चिनि उद्योग संचालन गरेको स्थानियहरुले बताएका छन् ।

इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण मानव स्वास्थ्यमा समेत प्रतिकुल असर परेको छ । त्यस्तै तरकारी, खाद्यन्न, साथै कपडाहरुमा समेत कालो धुलो टासिदाँ यस क्षेत्रका स्थानिय हैरान परेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित