Rashtriya Dainik

लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी 

लुम्बिनी / १८ पुस
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। 

कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मतले चयन गरेको कांग्रेस लुम्बिनी समितिका सभापति अमर सिंहले जानकारी दिए। “संसदीय  दलको नेतामा चार जना आकांक्षी हुनुहुन्थ्यो,” उनले भने, “तर‚ छलफलपछि उहाँलाई हामीले सर्वसम्मतले दलको नेतामा चयन गर्‍यौं।” 

चौधरी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। उनी लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री समेत हुन्। 

दाङ निर्वाचन क्षेत्र नं ३ (क) बाट निर्वाचित चौधरी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। लुम्बिनीमा कांग्रेस दोस्रो ठूलो दल बनेको छ। कांग्रेसका २७ जना सांसद छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित