Rashtriya Dainik

लुकाइछिपाइ राखिएको चिनी र रासायनिक मल प्रहरीकाे नियन्त्रणमा

अारपि उपाध्याय / नवलपरासी , १८ पुस

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका धनेवामा अवैध रुपमा लुकाइछिपाइ राखिएको चिनी र रासायनिक मललाइ प्रहरी र भन्सारको सयुक्त टोलिले सोमबार नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरबाट खटि आएको टोलिको संयुक्त टोलिबाट चिनी ३३ बोरा, डिएपी मल ३८ बोरा र रासायनिक मल १२१ बोरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

बर्दघाट नगरपालिका १३ धनेवा स्थित एक खाली गोठमा लुकाइराखेको अवस्थामा बरामद गरिएको डिएसपी पाण्डेले बताउनु भएको हो। प्रहरीद्वारा बरामद गरिएको चिनी र रासायनिक मलको अनुमानित कुल मूल्य २ लाख ३१ हजार रहेको छ।

प्रहरी र भन्सार कर्मचारीद्वारा नियन्त्रणमा लिएको अवैध मललाई थप कारवाहीको लागि महेशपुर भन्सार पठाइएको छ।

बरामद गरिएको अवैध चिनी र रासायनिक मल कसले र किन राखेको हो? थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित