उमेश बि.क / कपिलवस्तु , १८ पुस
बहुचर्चित गायक श्रीनिवास चौधरी र बहुचर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको “सजन के दिवानी” गितकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।
अंग्रेजी नंया वर्षको अवसर पारेर अार केसि डिजिटल युट्युब च्यानल मार्फत अाइतवार गित सार्वजनिक गरिएको हो ।
दश मिनेट एक सेकेन्डकाे यस गितमा उमेश मुस्कानको शब्द संगित र बहुचर्चित गायक श्रीनिवास चौधरी र बहुचर्चित गायिका अन्नु चौधरीको आवाज रहेको छ ।
मोफसलमा बसेर आफुलाई अब्वल निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदीको निर्देशकमा याे गित तयार गरिएको छ।

गीतले युवायुवतिको कहिल्यै अन्त्य नहुने प्रेमकथाको आभास दिलाउछ ।आईतवार रिलिज भएको भिडियोमा मोडेल सोना बज्राचार्य र देवदास रिचर्डको उत्कृष्ट अभिनय रहेको छ ।
आकर्षक नृत्यसँगै अभिनय रहेको भिडियोमा सोना र देवदासको अभिनयले आफ्नो अघिल्लो म्युजिक भिडियो जत्तिकै दर्शक स्रोताको मन जित्नेमा ढुक्क रहेको निर्देशक सुवेदीले बताए ।
चौधरी समुदायमा हुर्केका युवायुवती बीचको प्रेमकथालाई भिडियोमा आकर्षक तरिकाले देखाएका छ । विशेषगरी चौधरी समुदायको भेषभुषा, रहनसहनलाई भिडियोमा समेटिएको छ।

भिडियोलाई अब्वल बनाउन सक्दो मिहेनत गरेका निर्देशक सुवेदीले सिमित स्रोत साधनहरुको बाबजुद पनि यत्तिको भिडियो बनाउन सफल भएको बताउछन । अडियो सुन्दा नै मन परेको हो । त्यसैले भिडियो पनि उत्कृष्ट बनाइ गीतलाई न्याय दिने हुनुपर्छ भन्ने सोचेर हाम्रो टिमले अब्बल भिडियो बनाउन मिहेनत गरेको बताए ।’
बांकेको कोहलपुर, गाभर र चट्टार लगायत विभिन्न आकर्षक ठाउंमा खिचेको म्युजिक भिडियोमा रामु चौधरीको छायांकन रहेका छ । भिडियोको सम्पादन र रंग संयोजन पनि रामुले नै गरेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

