बैंकिङ्ग प्रकृतिका अर्थतन्त्रमा वित्तीय साधन परिचालन गर्दछन् भने ग्रह बैंकिङ्ग प्रवृतिका संस्थाहरुले निश्चित श्रोतहरुको आधारमा वा करारयोग्य बचत संकलनको माध्यमबाट वित्तीय साधन परिचालन गर्दछन् । यस्ता बैंक तथा वित्तिय संस्थाहरु वित्तिय बजार र वित्तीय उपकरणको सामुहिक अस्तित्व नै मुुलुकको वित्तिय प्रणाली हो ।
आर्थीक विकासलाई मापन गर्ने विभिन्न परिसुचकहरु हुन्छन्, त्यस्ता परिसुचकहरुमा प्रति व्यक्ति आम्दानी, जीवनको भौतिक गुण सुचक जीवनका आधारभुत आवश्यकता सुचक, जनसांख्यीक सुचक आदि प्रचलनमा रहेका छन् । आर्थीक विकासमा बैंक तथा वित्तिय संस्थाहरुको भुमिकाको बारेमा चर्चा गर्दा माथि उल्लेख भएका सुचकहरुको आधारमा त्यस्ता संस्थाहरुको योगदानको चर्चा गर्नुपर्ने हुन्छ ।
मेरो विचारमा कुनै पनि मुलुकको तिव्र आर्थिक विकासको लागि सुदृढ स्वास्थ्य तथा समक्ष वित्तिय प्रणाली हुनु जरुरी छ । यद्दपी बैंक तथा वित्तिय संस्थाको जालो देशका कुना कप्चा सम्म विस्तार हुन नसकेमा आर्थिक क्रियाकलापहरुको विस्तार हुन न सक्ने देखिन्छ ।
बैंक तथा वित्तिय संस्थाको भुमिका र योगदानः
१. पुँजी निर्माणमा वृद्धि : विकासोन्मुख देशहरुमा पूँजी निर्माणको दर न्यून स्तरमा रहेको हुन्छ । मुलुकको तिव्र आर्थिक वृद्धिको लागि पुँजी निर्माणको दर लाई उच्च बनाउन निकै आवश्यक हुन्छ । वास्तवमा बैंक तथा वित्तिय संस्थाले बीचमा कडिको काम गर्दछन् । यीनै माध्यमबाट देशको वासिन्दाको बचत गर्ने बानी बढ्न जान्छ ।
२. स्वरोजगारी अवसर को वृद्धि : बैंक तथा वित्तिय संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्ने हुदा बेरोजगारी, असमानता जस्ता समस्याबाट छुटकारा पाउने संभावना धेरै हुन्छ ।
३. गरिबी निवारणः बचत परिचालनको माध्यमबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने हुँदा कृषि व्यापार, उद्योग, सेवा आदि क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुँदा यसबाट आय आर्जन तथा आर्थिक विकासमा वृद्धि हुँदा गरिबी निवारणमा सहयोग हुन्छ ।
४.उच्च आर्थिक वृद्धिदर हासिल गर्न ः विकासोन्मुख देशहरुको ग्राहस्थ उत्पादन वृद्धि उच्च तथा दिगो हुन आवश्यक छ । केन्द्रिय बैँकले मौद्रिक निति कार्यान्वयन गरी व्याज दर घटाई आर्थिक व्यवस्थामा आर्थिक मन्दिको व्यवस्थापन हुन जरुरी छ ।
५.स्रोत र साधनको सही उपयोग : बैंक तथा वित्तिय संस्थाको अभावमा छरिएर रहेको सानो बचत परिचालन हुन नसक्दा बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी विकासोन्मुख मुलुकमा रहेको दुर्लभ साधन र स्रोतको उच्चतम परिचालन गरेमा मुलुकमा रहेको दुर्लभ साधन र स्रोतको उच्चतम परिचालन गरेमा मुलुकको उद्यमशिलता मा समेत योगदान पु¥याउछ ।
६.प्राथमीकता प्राप्त क्षेत्रमा लगानी गर्नः
योजनावद्ध विकासको माध्यमबाट मात्र विकासोन्मुख मुलुकहरुको तिव्र आर्थिक विकास हुन सक्छ । कुनै पनि योजना निर्माण गर्दा उद्देश्य रणनिति तथा प्राथमिकताहरु लाई ध्यान राखि बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु जरुरी रहेको हुन्छ ।
७. मुद्रा तथा पुँजी बजारको विकासमा यागदानः देशका दुर्गम भेगसम्म बैंक तथा वित्तीय संस्था स्थापना र विस्तार भएमा त्यस्ता ठाउँ सम्म गरिबी निवारणको लागि सहयोग पुग्दछ र आर्थिक क्रियाकलाप विस्तार हुन गई सन्तुलित विकास मा सहयोग पुग्दछ ।
८.मुद्रा तथा पुँजी बजार विकासमा योगदान :
स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न देशमा मुद्रा तथा पुँजी बजारको विकास हुन आवस्यक रहेको हुन्छ । बैंक तथा पूँजी बजारको विकास हुन आवश्यक रहेको हुन्छ । बैंक तथा वित्तिय संस्थाले छरिएर रहेको बचतलाई संकलन गरी अनुत्पादकबाट उत्पादक बनाउन सहयोग गर्दछन् । यसै गरी अनुत्पादकबाट उत्पादक बनाउन सहयोग गर्दछन् । यस्ता संस्थाहरुले भौतिक सम्पत्तिका सट्टा वित्तिय सम्पतिमा लगानी गर्न उत्प्रेरित गर्दछन् ।जसले गर्दा मुद्रा तथा पुँजी बजारको विकासमा दिगो भूमिका खेल्छ ।
९.अन्य भूमिकालाइ देशभित्र वित्तिय संस्थाहरुको स्वस्थ प्रतिस्पर्धाले कर्जा लगानीको ब्याज दर घट्दछ जसबाट लगानी बढ्न जान्छ र आर्थिक क्रियाकलापमा सकरात्मक असर र प्रभाव पर्दछ । बैंक तथा वित्तिय संस्थाहरुबको पहुँच गाउँ सम्म पुग्न जाँदा स्थानीय जमिन्दार व्यापारी आदिको शोषण बाट जनतालाई मुक्त गराउँछ । विदेशमा रहेकाहरुले विप्रषणवापतको रकम गाउँ गाउँ सम्म पु¥याउन एक ठाउँ देखि अर्को ठाँउ सम्म स्थानान्तरण गर्नुमा सहयोग पु¥याई अन्तर्राष्ट्रिय व्यापारको वृद्धि गराउन मदत पु¥याउँछ ।
तसर्थ केन्द्रिय बैंकको रुपमा रहेको नेपाल राष्ट्रिय बैंकले मौद्रिक निति मार्पmत स्थायित्व कायम गर्दै आर्थिक वृद्धि एवं सम्वृद्धिकोृ लागि तरलता र वित्तिय स्वास्थ्य कायम गर्दै वित्तिय संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि उच्च पार्न प्रोत्साहन गर्ने गर्दछ । सरकारी वित्त निति र मौद्रिक निति विच उचित तालमेल मिलाउदै विकासको लागि अनुकुल वातावरण बनाउनमा केन्द्रिय बैंकको निकै महत्वपुर्ण योगदान रहेको हुन्छ । बैंक तथा वित्तिय संस्था सुदृढ, सक्षम तथा स्वस्थ्य नभए मुलुकको अर्थतन्त्र एवम् समग्र विकासमा योगदान पुग्न सक्दैन ! त्यसैले मुलुकको आर्थिक विकास, गरिबि निवारण साधन र स्रोतको उच्च बचत तथा समृद्धि परिचालन जोखिमको न्यूनीकरण, उत्पादकत्व अभिवृद्धि प्रविधिका विकास, व्यापार विस्तार, मुद्रा तथा पुँजी बजारको विस्तार आदिमा बैंक तथा वित्तिय संस्थाहरुको गुणात्मक विकासको भूमिका र योगदान रहेको हुन्छ । तर वित्तिय क्षेत्र दिगो हुन वास्तविक क्षेत्र मजबुत हुन निकै जरुरी रहेको हुन्छ । आर्थिक विकास र वित्तिय क्षेत्र बिच राम्रो सम्बन्ध रहने कारण एक क्षेत्रले अर्काे क्षेत्रको विकास र स्थायित्वमा योगदान पु¥याउन अति आवश्यक रहेको हुन्छ । अर्थिक गतिविधिमा भईरहेको परिवर्तनमा राष्ट्र बैंकको निकै ठूलो भुमिका रहेको हुन्छ त्यसैले भइरहेको तरलता अभाव र वित्तिय व्यवस्थापनलाई नियन्त्रण गरी सहज वातावरण गराईदिनु निकै आवश्यक रहेको देखिन्छ ।
सबिता भण्डारी
सहायक शाखा प्रबन्धक
राष्ट्रिय वाणिज्य बैंक
बुटवल,रामनगर बजार
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

