Rashtriya Dainik

ईलाका प्रहरी कार्यालय बर्दघाटले फरार प्रतिवादीहरुलाई नियन्त्रण लियो

अारपि उपाध्याय / नवलपरासी , १७ पुस

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी अन्तर्गत ईलाका प्रहरी बर्दघाटले अदालतको आदेश भइ फरार रहेका विभिन्न प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ।

अदालतको आदेश पछि पनि विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइ अदालत समक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

ईलाका प्रहरी कार्यालय बर्दघाटको प्र.स.नी. दिपक थापाको कमाण्डमा खटेको प्रहरी टोलिले लुकिछिपी बसेका फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु बर्दघाट नगरपालिका ६ मा बस्ने शैलेन्द्र चौधरी, सोही ठाउँमा बस्ने विजय कुमार चौधरी, विकास भन्ने कमाल रोका लगायत ७ जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएर आवश्यक जरिवाना तथा सजाय कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित