Rashtriya Dainik

बझाङका स्थानीय तहहरुमा बिधुतिय भुक्तानी प्रणाली (EFT) लागू

उत्तमकुमार थापा/ बझाङ
बझाङका स्थानीय तहहरुमा बिधुतिय भुक्तानी प्रणाली (EFT) लागू गरिएको छ ।

काेष तथा लेखा नियन्त्रक कार्यलय बझाङकाे सहजिकरण तथा सम्पूर्ण स्थानीय तहकाे आयाेजनामा आयाेजित बिधुतिय भुक्तानी प्रणाली सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कायक्रम बाट जिल्लामा रहेका ७ वटा पालिकाहरुमा विधुतिय प्रणाली मार्फत भुक्तानी प्रणाली (EFT) आज बाट लागू गरिएको छविस पाथिभरा गाउँपालीकाका लेखापाल मुकेश कुमार थापाले बताए ।

लेखापालहरु सँगकाे अन्तक्रिर्या कार्यक्रम पछि जसमा
जयपृथ्वी नगरपालिका ,छविस पाथिभेरा गाउपालिका मष्टा गाउपालिका ,तल्काेट गाउपालिका,सुर्मा गाउपालिका,साइपाल गाउपालिका,बिथ्थडचिर गाउपालिका रहेका छन । यसकाे मुख्य सहजिकरण दाेधारा चादनी नगरपालिकाका लेखापाल गाेविन्द ऐर र जयपृथ्वी नगरपालिकाका लेखा अधिकृत गाेविन्द बिष्टले गर्नुभएको साईपाल गाउँपालीकाका लेखापाल पवन भट्टराईले बताउनु भयाे।

स्थानीय तहमा याे प्रणाली लागू भए पछि चेक काट्ने, लेखामा लाइन लाग्न पर्ने, बैंक मा जम्मा गर्ने लाइनमा लाग्न पर्ने झन्झट बाट मुक्त हुनका साथै साेझै सम्बन्धित सेवाग्राहीकाे खातामा जम्मा हुने हुदा स्थानिय तहमा काममा सरलता, प्रभावकारिता ,आर्थिक पार्दशिकता तथा सार्वजनिक सेवा प्रवाहमा चुस्तता हुनेमा विस्वास गरिएको छ । याे प्रणाली लागू भइसकेपछि आर्थिक सेवा लिने सेवाग्राहीहरु ले जुनसुकै बैंकमा भएपनि खाता चाहिँ अनिवार्य खाेल्न पर्नेछ । याे प्रणालीले चेक रहित आर्थिक काराेवार संचालन हुने भएको जयपृथ्वी नगरपालिकाका लेखा अधिकृत गाेविन्द्र बिष्टले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित