Rashtriya Dainik

पाल्हिनन्दनमा नवनिर्मित ताजुल ओलुम आधरभुत मदरसाकाे भवन उदघाटन

राष्ट्रिय दैनिक / नवलपरासी , १७ पुस

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा नवनिर्मित ताजुल ओलुम आधरभुत मदरसाकाे भवन उदघाटन गरिएको छ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित ताजुल ओलुम आधरभुत मदरसाका अध्यक्ष ग्यासुद्दिन अन्सारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को प्रमुख अातिथ्यता एवं वडा नम्बर ३ वडा अध्यक्ष गोधन प्रसाद हरिजनको बिशिस्ट अातिथ्यतामा २ कोठे भवन उदघाटन गरिएको हाे।

भवन उदघाटन गर्दै पालिका अध्यक्ष गुप्ताले शिक्षा क्षेत्रमा आकषण गर्न विभिन्न कार्य तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँमै अध्ययन गर्न सहज हुने बताए । उनले आफ्ना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गरे ।

त्यस्तै वडा नम्बर ३ वडा अध्यक्ष हरिजनले दुई कोठे भवन निमाणपछि बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको बताएका छन् । उनले विद्यालयको भौतिक संरचनाको अभावमा पठनपाठनमा रहेको समस्याको अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित