Rashtriya Dainik

विदेशमा सिकेको शिपको प्रयोग गरि घरमै स्वरोजगार बनेका सुस्ता ४ का युवा शिवकुमार

नवलपरासी, १७ पुस

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर ४ गोकुल नगरका युवा शिव कुमार लोहारले बैदेशिक रोजगारको क्रममा सिकेको शिप गाउमा उपयोगमा ल्याएका हुन् ।

लोहर विगत केही बर्ष भारतमा काम गर्न गएका थिए। पछि उनी साउदी अरबमा वैदेशिक रोजगारीको क्रममा पुगे । त्यहाँ उनले बेल्डिंग गर्ने शिप पनि सिके।

सोही शिप अनुसार उनी चार बर्षसम्म वेल्डिंगको काम गरे । अहिले उनी आफ्नै गाँउमा फर्केका छन्। हुन त फलाम (लोहा) को काम गर्ने लोहार उनको पुर्खाली पेशा पनि हो । तर पुखौली पेशा अनुसार उनी समान्य घरमा स साना आरन चलाएर काम गरेका थिए।

तर पछिल्लो समय प्रविधिको विकास पनि हुदै जादा उनी आफुलाई आफ्नो पुखौली पेशालाई स्तोरन्ती पनि गरेका छन् । साउदीबाट फर्केर उनी ७ लाखको लगानी गरि आफ्नै घरमा वेल्डिंग गर्ने गरेका छन् ।

वेल्डिंग गर्ने शिपका कारण उनले अहिले घरमै ग्रिल बनाउने, फलामे झ्याल ढोका, छाना, र्यालिग, अन्य कृषि तथा घरेलु औजार उपकरण समेत बनाउदै आएका छन् । विदेशको कमाई अहिले घरमै भईरहेको उनले बताए। विदेशमा मिहेनत गरियो, केही पैसो कमाईयो, उनले भने, अहिले त्यही कमाई र सिकेको शिप प्रयोग गरि घरमै व्यवसाय शुरु गरेको छु। दैनिकी चलेको छ। घरपरिवारमा बस्न पाइएको छ ।

छोरी छोरीको हेरचाह, परिवारसँगको बसाई विदेशको बसाई भन्दा शुखद नै रहेको छ। गाउले पनि सोही कामका लागि बेलाटारी बजार र कुडिया जानु पर्ने बाध्यता थियो। अहिले गाँउमै सेवा पाएका छन् टाढा जान परेको छैन् ।

थोरै भए पनि आफ्नो घर परिवारमा बसेर काम गर्नु र आफ्नै देशमा पसिना चुहाउनु राम्रो भएको उनी बताउछन् । यसले घरपरिवार पनि सन्तुष्ट नै रहेको उनको भनाई थियो । विदेशबाट फर्कने युवाहरुलाई विभिन्न तालिम र अनुदान दिने कार्यक्रम पनि चलिरहेको छ । तर त्यस्ता कार्यक्रम आफुलाई जानकारी नभएको उनले बताए । गाउपालिकामा के के हुन्छ ? उनले जिज्ञासा राखे, ति कुराहरू मलाई थाहा छैन्। कसैले भनेको पनि छैन् । आफु आफ्नै काममा व्यस्त रहेको हुदा सरकारी सुचनाको जानकारी हुदैन् ।

कहिले काही केही कामबारे सुचना पाइए पनि म्याद सकिएको कागजपत्र पुर्याउन जटिलता भएको हुदा खासै चाँसो नराखेको उनले बताए। युवा रोजगारी कार्यक्रमबारे उनले प्रतिकृया दिदै भने खोई निवेदन दिए पर्छ कि पर्दैन ? त्यो भन्दा आफ्नै काममा ध्यान दिई काम गर्दै आएको छु काम छाडेर धाउने र नपर्ने भयो भने आफ्नो घरको काममा पनि नोक्सानी व्यहोर्नु पर्ने भएकोले चाँसो नलिएको उनले सुनाए।

कागज मिलाउने र चापलुसी गर्नेलाई नै सरकारी अनुदान सहयोग कार्यक्रम पर्दो रहेछ, उनले दुखेसो पोखे, कम पढेलेखेको भएका कारण काजगपत्र मिलाउन पनि गाह्रो त्यसमा पनि कहाँ कहाँ धाउने त्यो पनि समस्या छ ? त्यही भएर आफ्नै धुनमा आफ्नै बलबुतोमा काम गर्दै आएको सुनाएका थिए।

यता विदेशबाट फर्केका युवाहरुको शिप विकास र पुर्नस्थापन कार्यका लागि गाउपालिकाले सुचना जारी गरेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए। गाउपालिका भनेको नीति नियम र प्रकृया मापदण्डको अधिनमा चल्ने संस्था हो ति कुराहरु त पुरा गर्ने पर्छ।

बास्तविक रुपमा काम गर्न सक्ने र चाहने युवालाई नै गाउपालिकाले पनि प्राथमिकता दिएर अनुदान तथा सेवा प्रदान गर्ने उनको भनाई थियो । अहिले प्रायः सबै नगरपालिका र गाउपालिकामा विदेशबाट फर्केका युवाहरुलाई निवेदन माग गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित