चन्द्रौटा , १६ पुस। कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिबार थापामाथि आक्रमण भएको छ ।
मञ्चमा प्रस्तुति दिइरहेका थापामाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि उनको प्रदर्शन रोकिएको थियो ।आक्रमणपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पल शाह प्रहरणमा शाहलाई फसाउन किशोरीलाई सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । त्यसपछि उनीमाथि शाहका समर्थकले सामाजिक सञ्जालमा चरेको आलोचना गरेका थिए ।
उनीमाथि कसले आक्रमण गर्यो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

