Rashtriya Dainik

नव प्रतिभा बचत तथा ऋण सहकारी संस्थाकाे २५ औँ बार्षिक साधारण सभा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , १६ पुस

नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय अरुणखोलाको २५ औँ बार्षिक साधारण सभा बर्दघाट १३ स्थित चौपत्तामा सम्पन्न भएको छ ।

संस्थाका उपाध्यक्ष कृष्ण बहादुर चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहनुभएका बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले आर्थिक अनुशासन कायम गरि शेयर सदस्य केन्द्रित क्रियाकलाप बाट नै समृद्धिको ढोका खोलिने बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले आर्थिक उन्नतीका लागी गरिने क्रियाकलापबाट समाजिक, आर्थिक, सम्पन्नता गर्न सकिने समेत जिकिर गर्नुभयो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सन्तु गाहा, अर्का वडाध्यक्ष भिमकाजी गुरुङ, उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष रामप्रकाश काफ्ले लगायतले सहकारी गतिविधि माथि प्रकाश पार्नुभएको कार्यक्रम संचालक बिमला पाठकले जानकारी दिनुभएको छ ।

संस्थाका सहसचिव योगमाया चौधरीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई अर्व ५३ करोड ९८ लाखको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक बर्ष ०७७/०७८ मा १२ करोड २१ लाख बराबर शुद्ध नाफा गर्न संस्था सफल भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो।

२०५४ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ४४ हजार सेयर सदस्य रहेको संस्थाकि संचालक सदस्य दुर्गा लक्ष्मी काफ्लेले जानकारी दिनुभयो।

त्रिवेणी, सेमरी र बर्दघाट सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यहरूको उपस्थिति रहेको साधारण सभामा जेष्ठ नागरिक सम्मान सेवा केन्द्र अन्तर्गतका असल र उत्कृष्ट समुहलाइ सम्मान र शिक्षा क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले सेवा केन्द्र अन्तर्गतका १८ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो भने संस्थाको कारोबार वृद्धिमा योगदान पुर्याउने उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित