नवलपरासी ,१६ पुस
गङ्गा सामुदायिक बिकास प्रतिष्ठान बर्दघाट १४ को अध्यक्षमा मदन भन्डारी चयन भएका छन।
क्लवको २१ औ साधारण सभा तथा साताै अधिवेसनबाट भण्डारीको नेतृत्वमा २१ सदस्यीय समिती निर्बिरोध चयन भएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर तिवारी,उपाध्यक्षमा प्रेम नारायण थारु,सचिवमा उत्तम कुवर,सह सचीवमा मनिता ढकाल र कोषाध्यक्षमा मिना पाण्डे सहित २१ सदस्य निर्विरोध चयन भएका हुन ।

कार्यक्रम क्लवका निवर्तमान अध्यक्ष राजु जिसिको अध्यक्षता,बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता सन्त बहादुर गाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।वडा सदस्य वीर बहादुर कँवरको स्वागत मन्तव्य रहेको कार्यक्रम प्रतिष्ठानका ब.उपाध्यक्ष श्रीधर तिवारीले सन्चालन गरेका थिए।क्लबले खेलकुद,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

