Rashtriya Dainik

आमाको पार्थिव शरीर बोकेर हिडें नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको शुक्रबार १०० वर्षको उमेरमा बिहान निधन भएको छ ।

अहमदाबादको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा बिहान ३ः३० बजे हिराबाको निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । उनलाई कफको समस्या पनि थियो ।

प्रधानमन्त्री मोदी बिहान ७ः४५ मा अहमदाबाद पुगेका थिए । यहाँबाट उनी सिधै गान्धीनगरको रायसन गाउँमा भाइ पंकज मोदीको घर पुगे।

उनी पुगेपछि आमाको अन्तिम यात्रा सुरु गरियो। मोदीले आमाको शव काँधमा बोकेर शववहानसम्म पुर्याए ।

अन्तिम यात्रा सेक्टर–३० स्थित शवदाह गृहमा लगिने भारतीय समाचार दैनिक भाष्करले जनाएको छ ।
अन्त्येष्टिपछि निर्धारित सबै कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् ।

मोदीको सचिवालयले ट्वीट गर्दै प्रधानमन्त्री अन्त्येष्टि पछि आफ्ना सबै निर्धारित कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ ।

उनले आज भिडियो कन्फरेन्समार्फत बंगालमा महत्वपूर्ण परियोजनाको पनि शुभारम्भ गर्नेछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित