Rashtriya Dainik

आज स्व.राजा वीरेन्द्रको जन्मजयन्ती मनाइँदै

आज पुस १४ गते स्व. राजा वीरेन्द्रको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो।

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदै छ। विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ। इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ। त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित