Rashtriya Dainik

राजेश्वर साह तेलीको भ्रष्टाचार कार्य दिन दुगुना रात चौगुना बढदै

रंजित चौरसिया,वीरगंज १४ पुस ।
भूमि सुधार तथा मालपोत कार्यालय पर्सामा फांटै पिच्छे भ्रष्टाचारको बिगबिगि फैलिएको हुनाले सेवाग्रहीहरु मर्कामा परेका छन् ।
कार्यालय प्रमुख ऋषी दाहालको निगरानीमा भईरहेको भ्रष्टाचार कार्य “दिन दुगुना रात चौगुना” बढेको भए पनि नियमनकारी निकायले कानमा तेल हालेर बस्नुले विभिन्न किसिमको शंका उपशंका उब्जिएको सेवाग्रहीहरुको आरोप रहेको छ ।
विशेष गरी मुद्दा फांटका अधिकृत राजेश्वर साह तेलीले महिनामा करिब ५ दिन मुद्दा फांटमा न्युन समय बस्ने र बाकी काम घरैबाट गर्ने गरेको हुनाले मुद्दा फांटमा मुद्दा लडिरहेका सेवाग्रहीहरु आतंकित बनेका छन् । अधिकृत तेलीले हाजरी गर्ने समयमा कसैले नहेर्ने गरी लुकेर हाजिरी गरी कार्यालयबाट अनुपस्थित हुने गरेको र मुद्दा फांटमा आएका सेवाग्रहीहरुलाई कर्मचारी शिवनारायण साह कानुले अधिकृत सर विशेष कामले बाहिर जानु भएको फर्काउदै गरेको एक मुद्दा फांटका सेवाग्रहीले मंगलबार यस अनलाईन संग बताए ।
नेपाल सरकारको नियमानुसार एक जना कर्मचारीले बढीमा एक ठाउंमा दुई वर्ष बस्ने प्रक्रिया मिलाएकोले अधिकृत तेलीले करिब ५ वर्ष देखि विभागलाई मोटो रकम खुवाई मालपोत कार्यालय पर्सामा अडा जमाएर बसेका छन् । मुद्दा फांटबाट करोडौं करोड कमाउन सफल भएका अधिकृत तेलीलाई मालपोत कार्यालय भित्र भ्रष्टाचारको “डन” भनेर नामाकरण गरिएको छ । उनले कार्यालयमा अनुपस्थित भई फाईलको प्रायः कार्य घरबाट नै गर्ने गरेको बताईन्छ ।
जुन सेवाग्रही संग मोलमोलाईको कुरो मिल्छ, उनलाई नै मात्र भेटने र उनको काम मात्र हुने गरेकोले घुसको रकम नदिनेहरु मर्माहित भएका छन् । उदाहरणको लागि मुद्दा फांटमा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने राजनारायण बरैको जग्गा सन्दर्भमा ३५ दिने सार्वजनिक सूचना काटी सबै प्रक्रिया मिलेपनि अधिकृत तेलीले बरैसंग भेटघाटै नगरी आफ्ना फांटका कर्मचारी शिवनारायण साह कानुलाई मोलमोलाई गरी रकम माग गर्न लगाएको पिडित बरैले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित