Rashtriya Dainik

लेखा अधिकृत उपेन्द्र यादव मालामाल, कारवाही गर्ने निकाय मौन

रन्जित चाैरसिया , बिरगंज, १४ पुस ।
यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले ब्रह्मलुट मच्चाएको समाचार प्राप्त हुन आएको छ । कार्यालय प्रमुख उमेश कुमार रेगमीको दाहिने हात बनेर काम गर्ने गरेका भ्रष्ट प्रवृतिका अधिकृत यादवले लेखा शाखाको साथै अन्य फांटमा पनि आतंक मच्चाएका छन् । प्रमुख रेगमीले कार्यालयमा कम समय दिने र वहां गईसकेपछि निमित्त प्रमुखको रुपमा अधिकृत बनेर कार्य गर्दा भ्रष्टाचारको मामिलामा आतंक नै मच्चाएको सेवाग्रहीहरुले यस अनलाईनलाई बताएका छन् । लेखा शाखामा नगदी रसिद लिन जाने सेवाग्रहीहरु संग अनिवार्य रकम लिई रसिद काटने गरेको शाखाले घुसको रकम लिनैका लागि अधिकृत यादवले आफ्ना फांटमा प्रमुख रेगमीको मिलोमतोमा बेतल्बी कर्मचारी राख्न पाएका छन् । सो लेखा शाखामा दिनहुं करिब एक हजार नगदी रसिद कटने भएकोले करिब ९५ प्रतिशत सेवाग्रहीहरु संग ५०÷१०० को नोट घुस वापत लिदै दैनिक करिब ९० हजारको अधिकृत यादवको कमाई रहेको स्रोतले जनाएको छ । यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि अनियमित्त तरिकाले खर्च गरी रकमहरु झ्वाम पार्ने गरेको बताईन्छ । अधिकृत यादवको भ्रष्ट प्रवृतिका कारण पटक–पटक सरुवा भए पनि उनि विभागमा मोटै रकम खुवाई र प्रमुख रेगमीलाई रिझाई रवाना नबुझेको बताईन्छ । भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति कमाउन सफल भएका अधिकृत यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका निकायहरुले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदां उनी “दिन दुगुना रात चौगुना” भ्रष्टाचार कार्यलाई तिब्रता दिएको सेवाग्रहीहरुले बताउन थालेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित