Rashtriya Dainik

के आज छुट्लान सन्दीप लामिछाने?

पुस १४ – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेको छ।

पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको छ। अघिल्लो साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए।

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेका अनुसार पाटन उच्च अदालतमा थुनछेकमा नै राखेर मुद्दाको किनारा लाग्ने या तारिख या धरौटीमा छाड्ने भनेर निर्णय हुने जानकारी दिए।

उनले सन्दीपको पक्षबाट ७ जना वकिलले वहस गर्ने जानकारी दिए। त्यस्तै, सरकारी वकिलले पनि वहस गर्ने छन्। सरकारको तर्फबाट ४,५ जना वकिलले वहस गर्ने उनले जानकारी दिए।

घिमिरेले भने, ‘वहस पछि छोड्ने आदेश आयो भने छोड्छ। धरौटी राख्ने आदेश आए धरौटी राखिन्छ र यदि थुनामै राख्ने आदेश आएमा थुनामानै रहने छन्।’

सन्दीप पक्षका वकिलले आवश्यक सबै प्रमाणहरू अदालतसमक्ष बुझाइसकेका छन्। स्रोतका अनुसार केटीले सन्दीपसँग गएको दिन लुगासमेत अर्कैको लगाएर गएकी थिइन्। उक्त लुगासमेत अदालतमा पेस गर्ने तयारी गरिएको छ। साथै केटी नाबालिक रहेको प्रमाण पनि अदालतमा पेस गरिँदै छ।

मुद्धाको अन्तिम किनारा भने काठमाडौँ जिल्ला अदालतबाटै लाग्ने छ। अहिले सन्दीप काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित