लुम्बिनी , १४ पुस ।
नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरुको शपथग्रहण यही पुस १६ गते हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदनको बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई पुस १६ गते शपथग्रहण गराउनको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरुको शपथग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने गरी सिफारिश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीहरुलाई बताए ।
यस्तै सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको समेत जानकारी दिए ।
लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सपथग्रहण गराउने गरी तयार भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

