Rashtriya Dainik

स्वास्थ्य शिविरमा १ हजार ३८ जनाले सेवा लिए

उत्तमकुमार थापा / बझाङ , १३ पुस
साईपाल गाउँपालीकामा यहीँ ८ गते देखि शिविर सञ्चालन भएको थियाे ।
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे अति दुर्गममा रहेको साईपाल गाउँपालीकामा ३ दिने शिविर सञ्चालन भएको हाे । शिविरमा एक हजार अठतीस जनाले स्वास्थ्य परिक्षण गरि सेवा लिएको गाउँपालीकाका ईन्जिनियर तिलक बिकले जानकारी दिनु भयाे ।

स्थानीयतहकाे निर्वाचन २०७९ सम्पन्न भए पछि निर्वाचित गाउँपालीका अध्यक्ष मानविर बाेहरा र उपाध्यक्ष डाेल्मा तामाङले जनताको पहिलो समस्या स्वास्थ्यमा देखा परेको भन्दै,स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गर्नु भएको थियाे । उपाध्यक्ष तामाङले साईपालका महिला दिदीबहिनीहरुकाे समस्या लाई मध्यनजर गर्दै, स्वास्थ्य शिविर ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी लाई आग्रह गर्नु भयाे ।

राष्ट्रपति भण्डारीले दुर्गम साईपालकाे स्वास्थ्य समस्या लाई मध्यनजर गर्दै,शिविर सञ्चालन गर्न पहल गर्नु भएको उपाध्यक्ष तामाङले बताए । उहाँको पहल र साईपाल गाउँपालीकाकाे सहकार्यमा गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र राेटरी क्लब अफ नक्साल , शक्तिकाे अायाेजनामा नेपालगन्ज मेडिकल कलेज (T U T H ) र साईपाल गाउँ पालिकाकाे सहकार्य तथा Gmc Hospital pokhara ,का साथै Ucmc Bhairahawa काे प्राबिधिक सहयाेगमा शिविर सञ्चालन भएको थियाे ।

दुर्गम गाउँमा बिशेषज्ञ डाक्टरद्वारा शिविर सञ्चालन भए पछि,साईपालका नागरिकले सेवा पाएका हुन । राेटरी क्लब नक्सालका सँस्थापक डाक्टर लुना शर्माकाे सँयाेजगत्वमा गुरासे कल्याणकारी सेवा परिषद सल्लाहकार माधव सर्मा राष्ट्रपति कार्यालयका स्वकीय सह- सचिव शिव भट्टराई सहित उपस्थिति रहनुभएकाे थियाे । शिविरले १ हजार ३८ जना बिरामीकाे उपचार गरेको छ भने ७ जनालाई रिफर गरिएको हाे । रिफर हुनेमा साईपाल वडा नम्बर ३ कि ५५ बर्षिया भैईता देवी बाेहरालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियाे । उहाँ लगाएत जटिल बिरामी ७ जनालाई रिफर गरिएको गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए । शिविरमा महिलाकाे तल्लो पेट दुख्ने आङखस्ने लगाएत हाेलबाेडी चेकअफ सेवा रहेको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित