उमेश बि.क / नवलपरासी ,१३ पुस
एक्कासि बढेकाे कुहिराे र चिसोको कारण नवलपरासीको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै चिसाे बढेपछि नवलपरासी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

चिसो अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै बिहान ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा बिहान यातायातका साधन कम मात्रामा चलेका छन।
जाडाेले खासगरी अपाङ्गता ,वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेका छन् । चिसोको कारण मुसहरवस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।
जिल्लाका दलित गरिब तथा विपन्न परिवारहरुः जनजिवन प्रभावित भई आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गएको छ ।

ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले पशु चौपायाहरु पनि प्रभावित हुन थालेका छन् ।

यता, शितलहर बढेसँगै नवलपरासीमा मानवीय क्षति हुन नदिन स्थानीय तहहरूले कुनै पूर्वतयारी गरेका छैनन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

