Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा उद्योग वाणिज्य संघबाट

नवलपरासी ,११ पुस
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज देखि उद्योग वाणिज्य संघ परासीको भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
जिल्ला प्रशासनको कार्यालयको हालको भवन भत्काएर नयाँ भवन निर्माण हुने भएपछि अस्थाई रुपमा उद्योग वाणिज्य संघ परासी बाट सेवा प्रवाह सुरु गरिएको छ ।
उद्योग वाणिज्य संघको ठुलो र सानो दुवै सभाहललाई प्रयोग गरी सेवा सुरु गरिएको छ ।
प्रशासनको नयाँ भवन बनाउन १० करोड विनियोजन भएको छ । जसका लागी ठेकेदार छनौट लगाएतका प्रक्रिया सकिईसकेको छ । जिल्ला प्रशासन कार्यालय रहेको भवनमै कार्यालय संञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिको कार्यालय पनि यसअघि नै सारिएको छ ।
सभाहललाई विभाजन (पार्टेसन) गरेर फाँट अनुसारको सेवा दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित