Rashtriya Dainik

लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना, माओवादीले पनि दाबी नछाड्ने !

बुटवल । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरूले शपथ नलिँदै केन्द्रमा सत्ता गठबन्धन टुटेपछि लुम्बिनीमा पनि सरकार गठनमा नयाँ समीकरण बन्ने निश्चित भएको छ । लुम्बिनी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)सहित केन्द्रमा मिलेका दलहरू एक भए लुम्बिनीमा सहज रूपमा कांग्रेसबाहेकको सरकार बन्ने अवस्था छ ।

८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि कम्तीमा ४४ सिट चाहिन्छ । केन्द्रमा एमाले–माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेको छ ।

अब केन्द्रमा गठबन्धन गरेका दलहरू एक ठाउँमा उभिए लुम्बिनी प्रदेशसभामा ५२ जना सांसद हुनेछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित