Rashtriya Dainik

विद्यालयका छात्रछात्राहरुलाई छात्रवृत्ति र विद्यालय पोसाक वितरण ।

अारपि उपाध्याय / नवलपरासी , १० पुस

पुर्वी नवलपरासी मध्यविन्दु नगरपालिका वडा न. १२ स्थित सरस्वती नमुना आधारभूत विद्यालयका छात्रछात्राहरुलाई एक कार्यक्रमका बिच छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरिएको छ।
विद्यालयको ३५ औं वार्षिकोत्सबको अवसरमा विद्यालयमा अध्ययनरत ३० छात्रछात्राहरुलाई झोला,स्टेसनरी र शैक्षिक सामाग्री वितरण गरिएको सहयोगी भुमिका निर्वाह गर्ने कार्यक्रम संयोजक पुष्पादेवी पाण्डेले जानकारी दिनुभएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि मध्यविन्दु नगरपालिका का प्रमुख भिमलाल अधिकारी रहनु भएको थियो। सो अवसरमा दौँतरी झोछे बसन्तपुर काठमाडौंको सहयोगमा वितरण गरिएको स्टेसनरी र शैक्षिक सामाग्री वितरणमा शिक्षक,अभिभावक,समाजसेवी र अक्षयकोष दाताहरुको उपस्थिति रहेको विद्यालयले जानकारी दिएको छ। विद्यालयका प्रधानाध्यापक जनक लाल पोख्रेलले सहयोगी हातहरुलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसैगरी दौँतरी झोछे बसन्तपुर काठमाडौं ले पुर्वी नवलपरासी अन्तर्गत शान्ति आधारभूत विद्यालय हुप्सेकोट २ र रत्नरानी आधारभूत विद्यालय विनयी त्रिवेणी १ घुम्तीका छात्रछात्राहरुलाई पनि छात्रवृत्ति र विद्यालय पोसाक वितरण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित