काठमाडौं-१० पुस
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजा फर्काउँछु, चाहिन्न र मा”र्छु भन्ने तीनवटै शक्ति सरकारमा रहेको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि बालेनले सामाजिक संजाल ट्वीटरमा राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै शक्ति सरकारमा गएको र प्रजा भने सधैँ सास्तीमा रहेको टिप्पणी गरेका हुन् ।
बालेनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’
आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डको शपथ सोमबार अपरान्ह ४ बजे हुने भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

