काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्।

यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।
साथै तीन जना स्वतन्त्र सांसदहरुले पनि उनलाई समर्थन गरेका छन्। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवले समर्थन गरेका हुन्। स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन उनलाई छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

