अारपि उपाध्याय / नवलपरासी , १० पुस
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ का नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य एवम् वडा कार्यसमितिका सल्लाहकार हिरालाल भट्टराईको पौष ८ गते उपचारको क्रममा निधन भएकोमा उहाँलाई भावपुर्ण श्रद्धाञ्जली सहित त्रिवेणी घाटमा अन्तिम संस्कार गरिएको छ।
स्वर्गीय भट्टराई केहि महिना पुर्व देखि बिरामी रहदै आउनु भएकोमा उपचारको क्रममा काठमाडौंमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
२००२ सालमा अर्घाखाँची जिल्लामा जन्म भइ विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरलाइ कर्मथलो बनाइ विगत ४३ वर्ष पुर्वदेखी नेपाली काङ्ग्रेसको राजनितीमा सक्रिय स्वर्गीय भट्टराई साबिक त्रिवेणी सुस्ता गा.वि.स. रहदा दुईपटक वडा अध्यक्षमा निर्वाचित भइ सामाजिक सेवा गर्नुभएको थियो।
स्वर्गीय भट्टराईको पार्थिव शरीरलाई त्रिवेणी स्थित नारायणी नदीको किनारमा नेपाली काङ्ग्रेसको झण्डा ओढाइ लुम्बिनी प्रदेश सभा सदस्य एवम् महासमिति सदस्य देवकरण कलवार,क्षेत्रीय अध्यक्ष मुकुल कुमार आचार्य, सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय,ने.का. नवलपुरका जिल्ला सदस्य निरन्जन थापा लगायतले अन्तिम श्रद्धाञ्जली चढाउनु भएको नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा नम्बर ७ का सचिव बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भएको छ।
स्वर्गीय भट्टराईका एक श्रीमति,दुई छोरा र एक छोरी रहेको पारिवारिक श्रोतले बताएको छ। यसै क्रममा नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी. ले एक शोक बिज्ञप्ती प्रकाशित गरि स्वर्गीय भट्टराईप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

