Rashtriya Dainik

घरमा बाँदर पसेपछि स्थानीय हैरान

नवलपरासी ,१० पुस – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ का बिभिन्न टोलहरुमा बाँदरले स्थानीय बासिन्दालाई सताउने गरेको छ । वनक्षेत्रसंग नजिकै रहेका दिब्यनगर, शान्तिनगर मर्चघोला टि सि एन चोक अल्हावल बिर्ता र क्याम्पाचौर नजिकैको मानव बस्तीमा बाँदरले घरमै आएर सास्ती दिने गरेको स्थानीय बासिन्दाको भनाई छ ।
दिव्यनगर र शान्तिनगरको उपल्लो बस्तीहरुमा बाँदरले खेतबारी मात्र नभइ घरमा पसेर नोक्सानी गर्ने गरेको स्थानीयले बताएका छन् ।
त्यति मात्र नभएर मानिसहरुलाई बाँदर बारीको सब्जी समेत नष्ट गर्दा आफूहरु हैरानीमा परेको स्थानीय दीपा शर्माले जानकारी गराउनुभयो । त्यस्तै बर्दघाट–२ चिसापानीमा पनि बाँदरले जंगलबाट निस्केर ठेला व्यापारीका फलफूल खाने गरेको जनाएका छन् ।
बाँदरले प्रायजसो जंगल नजिक भएका घरहरुमा पसेर नोक्सान गरिदिने गरेका छन् । त्यसैगरी बर्दघाट ४ स्थित क्याम्पाचौर नजिकको बस्तीमा पनि बाँदरले सताउने गरेको बाबुराम गिरीले जानकारी दिनुभयो । जंगलमा खाने आहारा नपाएपछि बाँदर मानव बस्ती तर्फ आउने गरेको जानकारहरु बताउछन् । आहाराको खोजीमा गाउँबस्तीमा बन्यजन्तु प्रवेश गर्दछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित