नवलपरासी , १० पुष । नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले सायना प्रेस नामक गर्भनिरोधक ईन्जेक्शन (सुई) लन्च गर्न लागेको छ। प्रजनन उमेर समुहका महिलाहरुलाई सुरक्षित र प्रभावकारी रुपमा गर्भ रोक्नका लागि यस सायना प्रेस नामक गर्भनिरोधक ईन्जेक्शन (सुई) लन्च गर्ने तयारी गरिएको हो । महिलाहरुले अस्थायी रुपमा गर्भ रोक्नका लागि विगतमा प्रयोग गर्दै आएको डिपोप्रोभेरा ईन्जेक्शनको (सुई) ठाउँमा यो नयाँ ईन्जेक्शन साधन (सुई) आएको र यो डिपोप्रोभेरा भन्दा निकै प्रभावकारी र सजिलो संघका निमित्त कार्यालय प्रमुख यमनाथ पौैडेलले जानकारी दिनु भयो । आईतबार नेपाल परिवार नियोजन संघ जिल्ला शाखाले अभिमुखिकरण कार्यक्रम मार्फत यस सुईको प्रयोग र प्रभावकारिता बारेमा जानकारी दिइएको थियो ।
नेपाल सरकारले कृपा प्रोजेक्ट मार्फत नेपाल परिवार नियोजन संघलाई परिचालन गर्दै यो सुई सेवा ग्राहि महिलासम्म पु¥याउने उद्देश्य अनुरुप यस जिल्लामा लन्च गर्न लागेको छ । अभिमुखीकरण कार्यक्रममा सुइको फोकल पर्सन तथा संघको सिनियर अनमी अन्जनी श्रेष्ठले यस सुईको विशेषताका बारेमा जानकारी दिदै यो सुई परिक्षण भई प्रयोगमा आईसकेको र यस जिल्लामा आगामी जनवरी महिनाबाट शुरु गरिने बताउनु भयो । उहाँले, यो सुई महिलाले पहिलो पटक लगाउदा महिनावारीको ७ आंै दिनभित्र लगाउनु पर्ने र दोश्रो डोज सुई लगाएको ३ महिना पछि लगाउन सक्ने यसको स्वास्थ्य मापदण्ड रहेको बताउनु भयो । ३ महिनासम्म गर्भ रोक्न लगाउने यस सुईले महिलाको पाठेघरको मुखबाट निस्किे श्रावलाई बाक्लो बनाउने, डिम्ब निस्कासन हुन नदिने र पाठेघरको भित्री परतलाई पात्लो बनाउने हुँदा ३ महिनासम्म गर्भ नरहने श्रेष्ठको दावी छ ।
यो सुई छालामुनीको बोसोयुक्त भागमा लगाईने छ भने यो लिन चाहने महिलाले स्वयं आफैपनि प्रयोग गर्न मिल्ने गरि बनाइएको छ । यस सुईको प्रयोग गर्न प्रयोगकर्ता महिलाले स्वास्थ्य संस्थाहरु धाउनु बाध्यता हटने र यो ९९ प्रतिशतसम्म प्रभावकारी रहेको संघको दावी छ तर यसलाई पहिलो डोज स्वास्थ्यकर्मीको निगरानीमा लगाउने आयोजक संस्थाले जनाएको छ ।
यो सुई हाल ५ वटा जिल्लाका सेवाग्राही महिलाहरुमा पु¥याउने उद्देश्य अनुरुप यस जिल्लामा यो कार्यक्रम र सुई आएको छ । यो सुई रोलपा र पुर्वी नवलपरासीमा शुरु पनि भईसकेको छ यस जिल्लामा आगामी जनवरी महिनाबाट शुरु गरिने आयोजक संघले जनाएको छ । यस सेवा संगै परिवार नियोजन संघले सुरक्षित गर्भपत, परिवार नियोजकका अस्थायी साधनहरुको वितरण र क्लिनिकहरु मार्फत स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

