Rashtriya Dainik

गठबन्धन टुटेपछि कांग्रेस र माओवादीका नेता आन्तरिक छलफलमा

काठमाडौं,१० पुष : सत्ता गठबन्धन विघटनको संघारमा पुगेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्। आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरेपछि गठबन्धन विघटनमा पुगेको हो। उनीहरुले एकले अर्कालाई गठबन्धन तोडेको आरोप लगाएका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रचण्डका कारण गठबन्धन तोडिएको दाबी गरेका छन्। उनले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो।’

यता प्रचण्डले पनि आफ्ना नेताहरुलाई कांग्रेसका कारण गठबन्धन तोडिएको ब्रिफिङ गरेका छन्। अहिले नयाँ रणनीति तय गर्न कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न नसकेको हो।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित