काठमाडौं, १० पुस : टिभी अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा उनका सहकर्मी कलाकार शीजान खान पक्राउ परेका छन् । ठाणे जिल्लाको वालिव प्रहरीले शीजान खानमाथि आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता गरेको छ । शिजानमाथि आईपीसीको धारा ३०६ लगाइएको छ।
उनलाई सोमबार अदालतमा पेश गरिने छ । तुनिषा शर्माले शनिबार सुटिङका क्रममा सुटिङस्थलमै आत्महत्या गरेकी हुन् । प्रहरीका अनुसार सुटिङका क्रममा ब्रेक हुँदा तुनिषा शर्मा आफ्नो मेकअप रुममा गएकी थिइन् तर उनी समयमै सुटिङ स्थलमा पुगिनन् ।
उनले भने, ‘त्यसपछि केही मानिस उनलाई भेट्न गएपछि फोन गरेर पनि ढोका खोलिनन् । ढोका खोल्दा उनले (स्थलमै) गोली हानेर आत्महत्या गरेकी थिइन् ।’ एसीपी चन्द्रकान्तले तुनिषाकी आमाले उजुरी दिएको र अनुसन्धान भइरहेको बताए ।
तुनिषाले सन् २०१५ मा टिभी सिरियल ‘भारत का वीर पुत्र – महाराणा प्रताप’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले ‘चक्रवर्ती अशोक सम्राट’ नामक सिरियलमा पनि काम गरिन् । उनले ‘इश्क सुभान अल्लाह’, ‘इन्टरनेट वाला लभ’ जस्ता सिरियलमा पनि काम गरेकी छिन् ।
सन् २०१६ मा उनले फिल्म ‘फितूर’ बाट आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । यसमा उनले अभिनेत्री कट्रिना कैफको बाल्यकालको भूमिका निभाएकी थिइन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

