काठमाडौं : १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् ।
उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् । नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए ।
ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर समेत गरेका थिए । यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए ।

ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् । फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए । व्यवसायी यादवले आबरोयको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
आगामी दिनमा नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि आफ्नोतर्फबाट सम्पूर्ण पहल गर्ने पनि उनले बताएकी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

