नवलपरासी , १० पुस
पश्चिम नवलपरासीको बर्दघाट बजार विकास समितिले फोहोर फाल्दै आएको स्थलमा फोहोर छुट्टयाउने कार्य भईरहेको छ । उक्त कार्य प्रति चाँसो ब्यक्त गर्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले उक्त स्थलको शनिवार अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बिगत देखि फोहोर फाल्दै आएको ठाँउमा पुगेर सड्ने र नसड्ने फोहोर छुट्टाउने कार्य भए÷नभएको बारे उपप्रमुख उपाध्यायले निरीक्षण गर्नुभएको हो । उहाँले अल्पकालीन ब्यवस्थापन र दीर्घकालीन ब्यवस्थापनको दुईवटा कामलाई समानान्तर रुपले लैजाने योजना सहित काम भइरहेको जानकारी गराउन्ुभयो । बर्दघाट–४ चुरे वन क्षेत्रमा रहेको उक्त फोहोर ब्यवस्थापनमा नगरले चाँसो लिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

