Rashtriya Dainik

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

काठमाडाैं। बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए।

उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि हुन्। सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाशयात्रामा जोडेका थिए। स्व बस्नेतका दुई छोरा र एक छोरी छन्। जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक छन्। बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गरेका थिए।

“हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटालाई बुद्धएयरकर्मीले सधैँ अनुशरण गरी अगाडि बड्नेछौँ, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित