नवलपरासी , १० पुस
बारम्बार गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै पाल्पाका स्थानियले सर्वोत्तम सिमेन्टका बिरुद्ध आन्दोलन गर्ने बताएका छन् । उद्योगकालागि कच्चा पदार्थ ओसार्ने टिप्परहरुलाई चल्न नदिईने संघर्ष समितिले चेतावनी दिएको छ । संघर्ष समितिले पुष १७ गते बाट चरणबद्ध आ
न्दोलन गर्ने बताएको छ । सर्वाेत्तम सिमेन्टले पाल्पाको पुर्वखोला गाउँपालिकाको वडा नम्बर २ बाट चुनढुङ्गा ओसार्ने गर्दछ । त्यसकालागि उद्योगले त्यहाँ सम्म पुग्न झन्डै ४६ किलोमिटर सडक बिस्तार गरेको छ ।सोहि सडकका कारण स्थानियका घरमा भुक्षयको जोखिम रहेको,सडकबाट खसेका ढुङ्गा,बालुवाले खेतियोग्य जमिन पुरिएको र टिप्परको कम्पनका कारण घर चर्केको पिडितहरुको गुनासो रहेको छ । पटक पटक सो समस्याका बारेमा लिखित मौखिक रुपमा कम्पनिलाई जानकारी गराउदा समेत कुनै सुनुवाई नभएकाले चरणबद्ध आन्त्दोलनमा उत्रनु परेको स्थानिय इश्वर जिसीले बताए । घर चर्केका छन्,खेतियोग्य जमिन मासिएका छन् कम्पनिले पहुँच नपुग्ने हामि जस्ता नागरिकलाई दबाएर राख्यो उनले भने । यिनै समस्याका कारण स्थानियहरु बिस्थापित हुने अवस्था आएको बताउछन् संघर्ष समितिका अध्यक्ष कर्ण ढेंगा मगर ।स्थानियका समस्यामा कम्पनिले सुनुवाई नगरे चरणबद्ध तवरले शसक्त रुपमा आन्दोलनमा उत्रने ढेगाको भनाई छ । नागरीकको दैनिक जिवनयापनमा समेत असर परेको र साघुरो बाटोका कारण बिद्यालय आउजाउ गर्ने बालबालिकालाई समेत जोखिम बढेको ढेगाको भनाई छ ।
यता सर्वोत्तम सिमेन्टका प्रवन्धक नेत्र प्रसाद घिमिरेले भने उद्योगकै कारण कसैलाई पनि क्षति नभएको दावि गर्छन् । सो सडक खनिएकै कारण असर पुगेका नागरिकहरुको घर मर्मत गरिदिएको घिमिरेको भनाई छ । पाल्पाको माथागढि गाउपालिका बडा नम्बर ८ को खारखोला,टोक्लग्दि र क्युडाडा लगायतका क्षेत्रका स्थानियहरु पिडित रहेको उनिहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

