Rashtriya Dainik

भारतीय टिभी अभिनेत्री तुनिषाले गरिन् आत्महत्या

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आत्महत्या गरेकी छन् ।

आत्महत्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिजनविरुद्ध मुद्दा दायर गरिएको छ ।


तुनिषाको परिवारको उजुरीको आधारमा पुलिसले आईपीसीको धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ। शिजनलाई सोमबार अदालतमा पेश गरिने छ ।

अभिनेत्रीले शनिबार सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेपछि उनकी आमाले अभिनेता शिजनमाथि गम्भीर आरोप लगाएकी छन् । शिजनसँग रिसाएर तुनिषाले आत्महत्या गरेको उनले बताएकी छन् । प्रहरीले सेटमा उपस्थित सबैसँग सोधपुछ पनि गरेको थियो ।

घटनास्थलबाट कुनै सुसाइड नोट बरामद भएको छैन । हत्या र आत्महत्या दुवै कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२० वर्षीया तुनिषा म्युजिक भिडियो छायांकनको क्रममा आत्महत्या गरेकी थिइन् । मानिसहरूले उनलाई झुण्डिएको देखेर अस्पताल लगे तर बाटोमै उनको मृत्यु भयो ।

आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । आत्महत्या गर्नुअघि तुनिषा पूर्णतया सामान्य थिइन् र ५ घण्टाअघि उनले इन्स्टाग्राममा आफ्नो फोटो र केही नोट सेयर गरेकी थिइन् ।

तुनिषाले टिभी शो भारत का ‘वीर पुत्र महाराणा प्रताप’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी ‘चक्रवर्तिन अशोक सम्राट’, ‘गब्बर पुन्चवाला’, ‘शेर ए पंजाब महाराणा रंजित सिंह’, ‘इन्टरनेट वाला लभ’ र ‘इश्क शुभान अल्लाह’ जस्ता सिरियलहरूमा पनि देखिएकी थिइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित