Rashtriya Dainik

पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना तालका’ लागि ५० लाख बजेट बिनियोजन

नवलपरासी,१० पुस
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना तालका’ लागि ५० लाख बजेट बिनियोजन गरि ताल संरक्षणमा लागेको छ । पालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि लागत सहभागिता रकम विनियोजना गरिएको जनाएको हो ।
सुस्ता गाउपालिका कुडिया र नर्सही गाउको विचमा रहेको जलासयलाई तालको रुपमा ब्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उतm जलासयमा गोही लगायतमा बिभिन्न जलचरहरु रहेका छन् । पटेरले भरिएको छ । सो जलासयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रुपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानिय रामु अर्यालले जानकारी गराए । विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । विचमा बेवारिसे जस्तै भयो,अर्यालले भने,अहिले गाउपालिका र प्रदेश सरकारले यसमा काम गर्न लागेको सुन्न पाइयो,धेरै खुशी लागेको छ ।
वेवारिसे सो जलासय ताल र सिमासारको रुपमा विकास हुनेछ ,यो एउटा विश्वसम्पदामा जान सक्ने सम्भावना देखिएको छ । ब्यवस्थापन पछि सिमसार सम्बन्धि रामसार महासन्धि अनुसार सुचिकृत हुने र विश्व सम्पदाको स्वरुप पाउनेमा उनले विश्वास ब्यतm गरे । सुस्ता गाउपालिकालाई पर्यापर्यटन र जैविक विधिताको पहिचान गराउने छ । स्थानियलाई आर्यआर्जनको माध्यम पनि हुनेमा उनले विश्वास ब्यतm गरे । स्थानियबासीले धेरै बर्ष देखी यो जलासयको संरक्षण गरि ताल बनाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन् । अहिले स्थानिय सरकारको रुपमा रहेको सुस्ता गाउपालिकाले निर्णय गरि अग्रसरता लिएको छ । यसमा स्थानियबासीको भरपुर सहयोग हुने अर्यालको भनाई थियो ।
स्थानियबासीको माग अनुसार नै सो जलासयलाई सिमासार र सुस्ता नमुना तालको रुपमा चिनाउनका लागि बजेट विनियोजन भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । गाउपालिकाले आफ्नो स्रोतबाट ५० लाख रुपिया यो चालु आर्थिक बर्ष २०७९÷०८० मा नीति कार्यक्रमसँगै बजेट समेत विनियोजन गरेको छ । सो रकमले प्रयाप्त नदेखिए पछि लागत सहभागिताका रुपमा सो रकम राखेर प्रदेश सरकारसँग थप १० करोड रुपिया प्रस्ताव गरिएको छ । सो रकम पर्ने सम्भावना छ । एकिकृत रुपमा जलासयको पहिलो चरणमा समाँकन गरिने छ । तत्पश्चात यसलाई गुरुयोजना बनाई काम थाल्ने उनको भनाई थियो ।
गण्डक नदीले विगत बर्षमा आफ्नो धार परिवर्तन गरि पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाधेर नदीको धार पुर्व तर्फ फर्काइयो । त्यही बेला देखी सो क्षेत्र जलासयको रुपमा रहेको छ । स्थानिय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । छाडन भनेको गण्डक नदीले आफ्नो मुलधारबाट छाडेर गएको जलासय हो । त्यसमा जलचारहरुको बास बनेको छ । सो जलासयमा साईबेरियन लगायत विदेशी चराहरु समेत आउने गरेका छन् । करिब १० देखी १५ मिटर गहिराई भएको अनुमान गरिएको छ । प्राकृतिक रुपमा रहेको उतm जलासय आयआर्जनको स्रोत पनि बन्ने र सिमासारको रुपमा रहने गरि पर्यापर्यन गराउने गरि सजाउने योजना रहेको गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले बताईन् । यो सुस्ता गाउपालिकाको मात्रै सम्पदा रहेको छ,उनले भनिन्,ब्यवस्थित गरेर यसलाई राष्ट्रिय सम्पदा बनाउदै विश्व सम्पदामा समेत सुचिकृत गराउने गरि गाउपालिका लाग्ने उनको भनाई थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित