Rashtriya Dainik

मेलमिलापकर्ताहरुका लागि आधारभुत तालिम

नवलपरासी ,९ पुस – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि आधारभुत तालिम शुक्रवार देखि जिमिरेभारमा शुरु गरिएको छ । उक्त तालिम पौष १५ गते सम्म संचालन हुने बर्दघाट नगरपालिकाले जनाएको छ ।
उक्त कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले संबिधानमा भएको प्रावधानहरुको अक्षरश ः कार्यान्वयन गर्ने अभियानका साथै समाज रुपान्तरणमा मेलमिलापकर्ताको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहेका उपप्रमुख एंव न्यायिक समिति संयोजक रुद्र प्रकाश उपाध्यायले मेलमिलापकर्ताहरुले तालिममा सिकेका शीपहरुलाई ब्यवहारमा उतार्दै समाजमा रहेका बिभिन्न समस्याहरुलाई बैज्ञानिक बिधि बाट हल गर्नुपर्ने औल्याउनुभयो । उहाँले मेलमिलापकर्ताहरुको सक्रिय भुमिकाले समाजमा रहेका बिभिन्न मुद्धाहरु समेत सहज तवरले निराकरण गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा वडा नं ७का वडाध्यक्ष धुब्र थारु, मन्जु चालिसे सहजकर्ता कृष्ण सिंग्देल, नारायण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित