Rashtriya Dainik

किशोरी शिक्षा सम्बन्धि ६ दिने तालिम उद्घाटन

नवलपरासी ,९ पुस – बर्दघाट नगरपालिकाको आयोजनमा किशोरी शिक्षा सम्बन्धि ६ दिने तालिम बर्दघाट १ मा शुरु भएको छ । तालिमको बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले शुक्रवार एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षित नारीहरुबाट समाज रुपान्तरण हुने औल्याउनुभयो। । कार्यक्रम उपप्रमुख रुद्र प्रकाश उपाध्यायले असल , शिक्षित र स्वस्थ्य नारी राष्ट्र निर्माणको अभियन्ता हुने बताउनुभयो । उहाँले स्वस्थ्य किशोरी राष्ट्र निर्माणको आधार रहेको जानकारी गराउनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्दीप सापकोटा र सहजकर्ता खीमा रिजालको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित