अारपि उपाध्याय / नवलपरासी , ९ पुस
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा सुस्ता नमुना युवा गाउ सभा तिन दिने प्रशिक्षण र अभ्यास कार्यक्रम शनिबार पालिकाको कुडियाको सभाहलमा सम्पन्न भएको छ ।

सुस्ता गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णलाल मुखियाको अध्यक्षता तथा सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले वर्तमानका युवा जनशक्ति भविष्यका कर्णधार भएकाले प्रशिक्षण कार्यक्रमले युवाहरुमा सर्वाङिगण विकास हुने धारणा राख्दै यस कार्यक्रमबाट सफल नेतृत्व विकासको बाटो खुलेको बताउनु भएको थियो । सो अवसरमा रन्जित कुमार गुप्ता, अस्मिता पन्त, आशिष कुमार गुप्ता लगायतले तालिमको उपलब्धिबारे प्रतिक्रिया मन्तब्य व्यक्त गर्नु भएको थियो । सुस्ता गाउपालिका वडा नम्बर १ देखी ५ सम्मका ४३ जना युवायुवतीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रोबिन भुर्तेलले गर्नुभएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

