अारपि उपाध्याय / नवलपरासी , ९ पुस
जोगियाभार महिला कृषी सहकारी सस्था लिमीटेड सुस्ता २ कुडियाको ८ आै बार्षिक साधारण सभा तथा चौथो नेतृत्व चयन कार्यक्रम शनिबार कुडियामा सम्पन्न भएको छ ।
सस्थाकी अध्यक्ष जानकी देवी लम्शालको अध्यक्षता तथा सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले समहति, सहकार्य र एकताको माध्यमबाट गरिने सहकारी क्रियाकलापबाट असल नतिजा निकाल्न सकिने धारणा राख्दै उपाध्यायले पालिका अन्तर्गत रहेका उत्कृष्ट नतिजा ल्याउने सहकारीहरुालाई चरणबद्ध रुपमा सम्मान सहित पुरस्कृत गर्दै जाने बताउनुयो ।
सो अवसरमा सस्थाकी अध्यक्ष लम्सालले अध्यक्षको प्रतिबेदन, सस्थाकी ब्यस्थापक कान्ती चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाले कुल ४३ लाख ७० हजार ५ सय ५४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेकोमा सस्थाले ४६ हजार २ सय ८ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसर सस्था सञ्चालक सदस्यहरुलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मान समेत गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा महर्शी बचत तथा ऋण सहकारी सस्थाका प्रबन्धक थिरलाल अधिकारी, सस्थाकी सञ्चालक सदस्य सरिता देवी चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो । सो सस्थामा कुल २ सय १ शेयर सदस्यहरु आबद्ध रहेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

