नवलपरासी, पुस ९ गते । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् । चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिसरबाहिर रहेका करोडौं रुपियाँ लगानीका दर्जनभन्दा बढी आवास भवनहरु रेखदेखको अभावमा अलपत्र छन् ।
लुम्बिनी चिनी उद्योगको उत्तरतर्फको उद्योगको बाहिरी भागमा र उद्योग परिसरको दक्षिणी भागमा रहेका दर्जनभन्दा धेरै बहुमन्जिला भवन वर्षौंदेखि अलपत्र छन् । जब सुनवल नगरपालिकाले आफनो भवन नभएका कारण प्रतिमहिना १ लाख ३७ हजारको दरले स्थानीय तहको सञ्चालनमा आएपछि अहिले करिब २ करोड रुपियाँ घरभाडामा खर्च गरिसकेको सुनवल नगरपालिकाका लेखा शाखा प्रमुख बृहस्पति घिमिरेले बताउनुभयो ।
करोडौं रुपियाँको लगानीमा बनेका यी उद्योग निजीकरण हुनुपूर्व सबै भवनमा कर्मचारी बस्दैआएका छन् । उद्योग निजीकरणमा गएपछि भवनहरु दुर्व्यसनीको अड्डा बन्दै गएका छन् ।
सुनवल नगरपालिकाको मुख्य कार्यालय र वडा कार्यालय आफनो भवन नभएर करोडौं रुपियाँ भाडा तिर्दै भाडाको घरमा बसेको भए पनि स्थानीय सरकारले समेत यी भवन मर्मतगरी पुनः प्रयोगको कुनै योजना बनाउन सकेका छैनन् । यी आवास भवनको पुनः प्रयोगको सम्भावनाको विषयमा कुनै अध्ययन नभएको सुनवल नगरपालिका भवन तथा बस्ती विकास शाखाका प्रमुख सन्ध्या ज्ञवालीले बताउनुभयो ।
नेपाल सरकारको करिब १० करोड र चीन सरकारको ३० करोड गरी ४० करोड रुपियाँको लागतमा ३० वर्ष पहिला लुम्बिनी चिनी कारखाना स्थापना भएको थियो । यसक्रममा यी आवास भवन बनाइएका थिए । २०६२ मा नेपाल सरकारले मनीषकुमार अग्रवाललाई सो मिल ७ करोड रुपियाँमा बेचेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

