Rashtriya Dainik

तरकारी खेती गर्ने कृषकका लागि विषादी सम्बन्धि तालिम सम्पन्न

देशबन्धु यादव / नवलपरासी , ९ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको कृषि विकास शाखाले ३० जना व्यवसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुलाई एक दिवसीय विषादी सम्बन्धि तालिम सम्पन्न भएको छ।

सरावल गाउँपालिकाको उपाध्यक्ष बासमति हरिजनको अध्यक्षतामा सम्पन्न भएको तालिममा प्रशिक्षक कृषि विकास शाखाको प्रमुख कुलदीप नारायण मिश्र तथा कृषि प्राविधिक द्वय राजाराम यादव र अर्जुन पौडेलले सहजीकरण गर्नुभएको थियो ।

उक्त तालिममा उपाध्यक्ष बासमति हरिजनले कृषि प्रविधिकको सलाह अनुसार बिउ र विषादीको छनौट गरी व्यवसायिक रुपमा तरकारी खेती गर्नु पर्ने बताउनु भयो।

सहभागी कृषकहरु यामनारायण चौधरी,जोखन कोईरी , सुजित चौधरी , राजेन्द्र कुर्मीले मौसम अनुसारको तरकारीको बिउ र कृषि यन्त्र/सामाग्री सहज रुपमा उपलब्ध गराउनुपर्नेका साथै तरकारी खेती पालिकाको प्रमुख,प्रतिनिधि र कृषि प्रविधिक टोलीले अनुगमन गर्नुपर्ने बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित