Rashtriya Dainik

विनयी त्रिबेणी गाउपालिका ६ शैक्षिक सामाग्री वितरण

अारपि उपाध्याय /नवलपरासी , ८ पुस

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ स्थित नेपाल आधारभुत विद्यालय सुस्ता पर्सैयामा अध्ययनरत विद्यार्थी बालबालिकाहरुको लागी विद्यालय पोशाक र शैक्षिक सामाग्री शुक्रबार एक कार्यक्रमका बीच विध्यालय प्राङ्गणमा वितरण गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अजित कुमार मल्लको अध्यक्षता तथा विनयी त्रिबेणी वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले विद्यार्थीहरुलाई अनुशासित बनाउन विद्यालयको पोशाकले महत्वपुर्ण भुमिका खेल्ने धारणा राख्नुभयो ।

सो अवसरमा पोशाकदाता समेत रहनु भएका पुर्व विध्यार्थी जितेन्द्र कुमार थापा, विध्यालयका प्राध्यानाध्यापक यमसिँह थापा, आरपि उपाध्याय लागायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत बाल विकास र नर्सरीका ५७ विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको कार्यक्रम संचालक समेत रहनु भएकी सहायक प्रध्यानाध्यापक लक्ष्मी देवी काफ्लेले जानकारी दिनुभएको छ ।

२०२४ सालमा स्थापना भएको यस विद्यालयमा हाल २ सय १६ जना छात्रछात्राहरु अध्ययनरत छन भने २०७७ सालको शैक्षिक सत्रदेखी अंग्रेजी माध्यममा अध्यापन कार्यको थालनी गरिएको समेत विद्यालयले जानकारी गराएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित