अारपि उपाध्याय / नवलपरासी , ८ पुस
बर्षायाममा बर्षेनी डुबान कटानमा पर्दै आएका पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिका ६ शिवपुरगढिका पिडितहरुले समस्या समाधानका लागी सरोकारवाला निकायसंग माग राख्दै आएका छन् ।
पहाडबाट बगेर आउने ठठिया र गुल्लरखोलाको पानी ब्यवस्थित नहुदा प्रत्येक बर्ष शिवपुरगढि लगायत आसपासका बस्तीमा पानी पस्ने र बालिनालीमा समेत क्षती पुर्याउदै आएकोमा खोला व्यवस्थापन लगायत कार्य गर्ने नेपाली पक्ष मार्फत् भारतिय सिचाई कार्यालयसंग माग गर्दै आएका हुन् ।
विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ को आयोजनामा भारत बिहार गण्डक व्यारेज डिभिजन कार्यालय, सिचाई कार्यालय सेमरी, सम्पर्क तथा भु आर्जन कार्यालय र गण्डक नियन्त्रण संघर्ष समिति नवलपरासीका पदाधिकारी बिच सामुहिक बैठक त्रिवेणीमा आज सम्पन्न भएको छ ।
सो अवसरमा विनयी त्रिवेणी गाउपालिका अध्यक्ष धनश्याम गिरीले बर्षौ देखी पहाडी खोलाको पानीले बर्षायाममा धेरै नागरिकलाई दुख दिईरहेको अवस्थामा दुई देशका सिचाई अधिकारीको आपसी समन्वयमा समस्याको तत्काल समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भारत बिहार गण्डक व्यारेजका कार्यपालक अभियन्ता सुबोध चौधरीले प्राथमिकताको आधारमा पहाडी खोलाको पानी व्यवस्थापन गर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।
त्रिपक्षिय बैठकमा सिचाई कार्यालय सेमरीका डिभिजन ईन्जिनियर रनधिर साह, सम्पर्क अधिकारी अमित खड्का, गण्डक नदि नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता, विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ का वार्ड अध्यक्ष नुरेन्द्र साह लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

